९ मंसिर, २०८१ आइतबार
08:14:11 AM
२५ साउन, २०७९
काठमाडौं । मेगा बैंक नेपालले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो।
बैंकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैकका सेयरधनीहरुले नगद लाभांश लिन नआएपछि सूचना जारी गर्दै उक्त लाभांश बुझिलिन आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको हो।
सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजपत्र वा अन्य दाबीसम्बन्धी कागजात लिएर बैंकले सेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सेयरधनीले सम्पर्क गर्न सक्नेछन् ।