२७ बैशाख, २०८१ बिहिबार

06:59:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

२५ साउन, २०७९

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं ।  निजी क्षेत्रको पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले साधारण सेयर निष्कासन गर्ने भएको छ । पछिल्लो समय पब्लिक कम्पनीहरूबीच साधारण सेयर आईपीओ निष्कासन गर्ने लहर नै चलेको छ ।

आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता भएको कम्पनीले जनाएको छ ।

यो आईपीओ निष्कासनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्नेछ । जसले गर्दा भावी दिनहरूमा यस कम्पनीसँग आवद्ध हुन इच्छुक सम्पूर्ण स्रष्टा–कलाकार तथा सङ्गीतप्रेमीहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।