९ मंसिर, २०८१ आइतबार
08:28:39 AM
२५ साउन, २०७९
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिनमा ९ अर्ब निक्षेप बाहिरिएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंकहरुमा निक्षेप बाहिरिएसँगै सीडी रेसियो बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार साउन २२ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४६ अर्ब रूपैयाँ रहेको थियो । एकै दिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप ९ अर्बले घटेर साउन २३ गतेसम्म कुल ५० खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ८ अर्बले घटेर ४४ खर्ब ३८ अर्बमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४ अर्बले बढेर ४६ खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि ४ अर्बले बढेर ४१ खर्ब ६५ अर्ब पुगेको छ । यो अवधिमा बैंकहरूको सीडी रेसियो ८७.६५ प्रतिशतबाट बढेर ८७.८६ प्रतिशत पुगेको छ ।