२७ बैशाख, २०८१ बिहिबार

04:08:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई मोटर्सको कारोबार २ अर्ब ६७ करोडभन्दा बढि

Nepal Business

२५ साउन, २०७९

आइएमई मोटर्सको कारोबार २ अर्ब ६७ करोडभन्दा बढि

काठमाण्डौं । भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरक आइएमई मोटर्सको कारोबार २ अर्बभन्दा बढि भएको छ । 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१÷२२ को नौ महिनामा कम्पनीले २ अर्ब ६७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । २०२१ मा कम्पनीले २ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२० मा २ अर्ब ८ करोड र २०१९ मा ३ अर्ब २१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कोरोना महामारीका कारण २०२० मा ३५ प्रतिशतले कम्पनीको आम्दानी घटेको थियो । 

कम्पनीको क्षमतामा भएको वृद्धि र संचालन खर्च नियन्त्रणमा सुधार गरेसँगै २०२१ मा संचालन नाफा मार्जिन ९.३ प्रतिशत पुगेको छ। २०१९ मा यो ६.५ प्रतिशतमा झरेको थियो। 

२०२१÷२२ को नौ महिनामा कम्पनीले ट्रक सेग्मेन्ट (ट्रेलर्ससहित) बाट कुल आम्दानीको ३७ प्रतिशत आर्जन गर्न सफल भएको छ ।

२०२१ मा टिपर बिक्रीबाट कुल आम्दानीको २५ प्रतिशत, बसबाट १९ प्रतिशत र हल्का कमर्सियल भेहिकलबाट १७ प्रतिशत आम्दानी गरेको रेटिङ विवरणमा उल्लेख छ ।

आइएमई मोटर्समा चन्द्रप्रसाद ढकालको ४७.५ प्रतिशत, आइएमई ग्रुप प्रालिको ३२.५ प्रतिशत रसन्दिप अग्रवालको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।