९ मंसिर, २०८१ आइतबार

08:28:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लक्ष्मी लघुवित्तको नाफा १६ करोड ७ लाख, अन्य अवस्था कस्तो ?

२५ साउन, २०७९

लक्ष्मी लघुवित्तको नाफा १६ करोड ७ लाख, अन्य अवस्था कस्तो ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले १६ करोड ७ लाख २३ हजार खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले १९ करोड ७१ लाख ४९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १७.४७ प्रतिशतले घटेर २३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन मुनाफा २८ करोड ६८ लाख रुपैयाँ थियो।

यो अवधिमा संस्थाको खुद व्याज आम्दानी ३.४० प्रतिशतले बढेर ५३ करोड ५२ लाख १३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ५१ करोड ७५ लाख ९७ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । गत आर्थिक बर्षमा संस्थाको वितरयोग्य मुनाफा ११ करोड १४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

संस्थाको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १६ करोड ४१ लाख ५० हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा (एनपिएल) घटेर ३.२१ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२०.५६ रुपैयाँ रहेको छ।