२६ बैशाख, २०८१ बुधबार

04:19:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा २ सयले बढ्यो, चाँदीको घट्यो

Nepal Business

२५ साउन, २०७९

सुनको मूल्य तोलामा २ सयले बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं । सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । 

छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामो ९६ हजार नौ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार चार सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।