९ मंसिर, २०८१ आइतबार

10:12:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिप्रोक्स लघुवित्तको नाफा ५७ करोड ४० लाख, प्रतिसेयर आम्दानी कति ?

२५ साउन, २०७९

डिप्रोक्स लघुवित्तको नाफा ५७ करोड ४० लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्त कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाले ५७ करोड ४० लाख २२ हजार खुद नाफा गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ६५ करोड ३१ लाख ८७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

चौथो त्रैमाससम्ममा संस्थाको सञ्चालन मुनाफा १७.३२ प्रतिशतले घटेर ८१ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष कम्पनीको  सञ्चालन मुनाफा ९९ करोड १७ लाख रुपैयाँमा सीमित थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ३.४५ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ५३ लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ अर्ब ३३ करोड ९० लाख ९३ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । गत आर्थिक बर्षमा संस्थाको वितरणेग्य मुनाफा ४१ करोड ७२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ९२ करोड ६१ लाख ७७ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा (एनपिएल) बढेर १.०३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.९२ प्रतिशत थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४९.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ रहेको छ।