९ मंसिर, २०८१ आइतबार
10:35:26 AM
२४ साउन, २०७९
नेपाल राष्ट्र बैंककाअनुसार हाल ६५ वटा लघुवित्त सञ्चालनमा छन् भने हाल नेप्सेमा ५१ वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।
काठमाडौं ।
गत आर्थिक वर्षमा मुलुकका अधिकांश लघुवित्तको खुद नाफा बढेको छ ।
वित्तीय विवरण प्रकाशित गरेका ४० लघुवित्त वित्तीय संस्था मध्ये अधिकांशको नाफा बढेको छ ।
वित्तीय विवरण प्रकाशित गरेका ४० लघुवित्त वित्तीय संस्था मध्ये अधिकांशको नाफा बढेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार हाल ६५ वटा लघुवित्त सञ्चालनमा छन् भने हाल नेप्सेमा ५१ वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।
यी कम्पनीहरूले गत आवमा ८ अर्ब ४६ करोड ५ लाख ५१ हजार रूपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा कम्पनीहरू खुद नाफा ७ अर्ब ८४ करोड ४४ लाख ३९ हजार रूपैयाँ थियो ।
समीक्षा अवधिमा यी कम्पनीहरूको नाफा औसतमा ७.८५ प्रतिशतले बढेको हो ।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४० वटामध्ये छिमेक लघुवित्त र निर्धन उत्थान लघुवित्तले १ अर्ब रुपैयाँभन्दा धेरै बढी नाफा कमाएका छन् ।