१६ कार्तिक, २०८१ शुक्रबार
05:12:56 PM
२४ साउन, २०७९
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते मंगलबार) देखि निष्काशन गरेको आईपीओमा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ःबजेसम्ममा कम्पनीको आईपीओमा ४ लाख १६ हजार १२९ जना आवेदनबाट ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता आईपीओको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाईयो माग गरीएकोभन्दा १५.४२ गुण बढी आवेदन हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा साउन २९ गतेसम्म र ढीलोमा भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्गस नेपालले लघुवित्तको आईपीओलाई 'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।