९ मंसिर, २०८१ आइतबार
10:09:42 AM
२४ साउन, २०७९
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । विभिन्न साधारणसभा बाट पारित नगद लाभांश लिन सेयरधनीहरुलाई बैंकले अनुरोध गरेको हो ।
बैंकले आर्थिक बर्ष २०५५।५६ देखि २०७३।७४ सम्ममा प्रस्ताव गरेको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
बैंकबाट लाभांश पुर्जा लिई नगद भुत्तानी लिन बाँकि रहेका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण सेयर सम्बन्धी कागजात र आफ्नो प्रमाणपत्र लिई बैंकको सेयर शाखामा गई नगद लाभांश लिन सक्नेछन् ।
बैंकको वितरण हुन बाँकी लाभांशको विवरण बैंकको वेबसाईटमा गएर हेर्न सकिने छ ।