२७ बैशाख, २०८१ बिहिबार

12:04:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

२४ साउन, २०७९

 टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

काठमाडौं ।  सेयर लगानीकर्ताले आफ्नो टीएमएसमार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानीका साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन्।

हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले जनाएको छ ।

टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टीएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताउनुभएको छ ।

यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन्। यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालका लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।