९ मंसिर, २०८१ आइतबार
10:15:46 AM
२४ साउन, २०७९
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डबाट साउन १८ गते अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्काशनको लागि गत वैशाख २२ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।