२६ बैशाख, २०८१ बुधबार

08:19:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिवम् सिमेन्टले बोलायो विशेष साधारणसभा, यस्ता छन् ऐजेण्डा

२४ साउन, २०७९

शिवम् सिमेन्टले बोलायो विशेष साधारणसभा, यस्ता छन् ऐजेण्डा

काठमाडौं । शिवम् सिमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो (साउन २३ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा भदौ १० गते कम्पनीको कर्पोरेट कार्यलय अनामनगर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (ग) लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले स्वीकृत नियमावलीको नियम नं. २३ गणपूरक संख्या कुल सेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।