९ मंसिर, २०८१ आइतबार
10:30:26 AM
२४ साउन, २०७९
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक १०.५० प्रतिशत व्याज भएको ूबीओके डिबेञ्चर, २०८६ ९क०ू नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब १० करोड रूपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् २२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि छिटोमा भदौ ७ गते र ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकको उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।