९ मंसिर, २०८१ आइतबार

10:22:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उच्च माध्यमिक तह अध्ययनका लागि सानिमा बैंकले खोल्यो छात्रवृत्ति आवेदन, कहाँ–कहाँबाट दिन मिल्छ ?

Nepal Business

२३ साउन, २०७९

उच्च माध्यमिक तह अध्ययनका लागि सानिमा बैंकले खोल्यो छात्रवृत्ति आवेदन, कहाँ–कहाँबाट दिन मिल्छ ?

काठमाण्डौ । सानिमा बैंकले छात्रवृत्ति आवेदन खुला गरेको छ । बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको हो । 

छात्रवृत्तिको आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने बैंकले जानकारी दिएको छ । 

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति प्रति महिना २ हजार रुपैयाँ  गरी प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँ सम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप बैंकले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।