९ मंसिर, २०८१ आइतबार
10:33:10 AM
२३ साउन, २०७९
काठमाडौँ । साउन महिनाको २० दिनमा वाणिज्य बैंकहरुको कूल निक्षेप ९५ अर्ब रुपियाँले घटेको छ । नेपाल बैंकर्स संघ (एनबीए) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ९५ अर्ब रुपियाँले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित रहेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो।
वाणिज्य बैंकहरुको निक्षेप साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ र तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको एनबीएले जनाएको छ। साउन लागेता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ९ अर्ब रुपैयाँले घटेको छ।
योसँगै साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा पुगेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो। यो अवधिमा वाणिज्य बैंकहरुको सीडी रेसियो ८७.६९ प्रतिशत रहेको छ।