६ जेठ, २०८१ आइतबार

08:16:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हुण्डी कारोबार गर्ने नुवाकोटका नवराज ढुंगानासहित ४ जना विरुद्ध मुद्दा दायर (विज्ञप्तीसहित)

Nepal Business

२३ साउन, २०७९

हुण्डी कारोबार गर्ने नुवाकोटका नवराज ढुंगानासहित ४ जना विरुद्ध मुद्दा दायर (विज्ञप्तीसहित)

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा नुवाकोटका नवराज ढुंगाना, फणिन्द्र प्रसाद ढुंगाना, प्रज्वल ढुंगाना र सुवासजंग पाण्डे विरुद्ध मुद्दा दायर गरेको छ । 

सोमबार विभागले विज्ञप्ती जारी गर्दै उनीहरुलाई अभियुक्त बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

विभागका अनुसार काठमाण्डौंमा विभिन्न पेशा गरीबस्ने फणिन्द्र प्रसाद, नवराज र सुवासजंगसँगको मिलेमतोमा हाल जापानमा रहेका प्रज्वल ढुंगाना समेतले विदेशी मुद्राको अवैध कारोबार गरी अपराध गरेको अनुसन्धानबाट खुलेको छ । 

विशेष सूचनाको आधारमा प्रहरीले नुवाकोट ककनी गाउँपालिका वडा नंम्बर ३ घर भएका नवराज ढुंगानालई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित पक्राउ गरेपछि यो हुण्डी कारोबारबारे जानकारी खुलेको हो । 

जापानबाट हुण्डी कारोबार मार्फत उक्त रकम प्रज्वल ढुंगानाले पठाएको खुलेको हो । उनीहरुले विदेशी विनिमय ऐन २०१९ विपरित कार्य गरेको किटान गरी विभागले मुद्दा दायर गरेको छ ।

निजहरुले गरेको कसुर अनुसारको कारवाही र बरामदित रकम जफत गरी पाउँ भनि मागदावी सहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।