९ मंसिर, २०८१ आइतबार

09:25:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत आर्थिक वर्षमा यी बैंकले कमाए १ अर्बदेखि ५ अर्बसम्म नाफा

२३ साउन, २०७९

गत आर्थिक वर्षमा यी बैंकले कमाए १ अर्बदेखि ५ अर्बसम्म नाफा

काठमाडौं । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । गत शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गत आर्थिक वर्षमा २३ .२७ प्रतिशतले नाफा बढाएका छन् । यो नाफामध्ये पनि  सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत बर्ष राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड नाफा कमाएको छ , नबिलले ४ अर्ब ९७ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, बैंक अफ काठमाडौंले १ अर्ब ८१ करोड, सिभिल बैंकले १ अर्ब ३८ करोड, लक्ष्मी बैंकले १ अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६३ करोड र सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब ३५ करोड नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरी बैकको नाफा १६२ र सिभिलको नाफा ११५ प्रतिशतले बढेको छ । कृषि विकास बैंकको नाफा २६ प्रतिशत , हिमालयन बैंकको नाफा १७ प्रतिशत र सानिमा बैंकको नाफा १ प्रतिशतले घटेको छ ।