५ जेठ, २०८१ शनिबार

11:28:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१३ करोड राजस्व तिर्न बाँकी क्यासिनोका सिइओ बोल्सोभर विमानस्थलबाट नियन्त्रण

२ माघ, २०७८

 १३ करोड राजस्व तिर्न बाँकी क्यासिनोका सिइओ बोल्सोभर विमानस्थलबाट नियन्त्रण

काठमाण्डौ, 

एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत नेपाल सरकारलाई  १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेको भन्दै बोल्सोभरालाई गएराति १० बजे विमानस्थलबाट नियन्त्रणमा लिईको जनाईएको छ । साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो । ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिर्न बाँकी रहेको छ।

प्रतिक्यासिनो ६ करोड ५० लाखका दरले दुई क्यासिनोको १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।

बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाखका दरले दुई क्यासिनोको १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो । पर्यटन मन्त्री प्रेम आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड राजस्व बुझाएको छैनन । 
एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका (६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा प्रहरीले पक्राउ गरको हो । रासस