९ मंसिर, २०८१ आइतबार
09:17:17 AM
२३ साउन, २०७९
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज (साउन २३ गते सोमबार) देखि ११ लाख ३४ हजार ७ सय १६ दशमलव १ सय ८७ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
कम्पनीले यसअघि असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७ सय १६ दशमलव १८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६ सय ९६ दशमलव २७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । सो अवधिमा बिक्री नभएको उक्त संस्थापक समूहको बाँकी सेयर कम्पनीले पुनः लिलामीमा बिक्रीमा ल्याएको हो ।
कम्पनीको उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका भदौ ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको संस्थापक सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।