६ जेठ, २०८१ आइतबार

07:28:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ इन्जिनियरसहित ५ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर (पूर्ण पाठसहित)

Nepal Business

२३ साउन, २०७९

३ इन्जिनियरसहित ५ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर (पूर्ण पाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सोमबार आयोगले उनीहरु विरुद्ध गैर कानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार गर्नेमा रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, इन्जिनियर राम किशोर साह, सव–इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राज कुमार महतो रहेका छन् । 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसूरमा ऐ.ऐ दफा ८ को उपदफा (४) बमोजिम बिगो १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ कायम गरी सोही दफामा उल्लेख भए अनुसार सजाय हुन माग दावी गरिएको आयोगले जनाएको छ ।