९ मंसिर, २०८१ आइतबार

09:16:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? धौलागिरी लघुवित्तले मंगलबारदेखि आईपीओ निष्काशन गर्दै

२३ साउन, २०७९

भर्ने होइन त ? धौलागिरी लघुवित्तले मंगलबारदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते मंगलबारदेखि सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा छिटोमा साउन  २९ गतेसम्म र ढीलोमा भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।