९ मंसिर, २०८१ आइतबार

09:50:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आदर्श लघुवित्तको नाफा ८८६ प्रतिशतले बढ्यो, ईपिएस कति ?

२३ साउन, २०७९

आदर्श लघुवित्तको नाफा ८८६ प्रतिशतले बढ्यो, ईपिएस कति ?

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६८ लाख ९३ हजार खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८८६ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ६ लाख ९९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी १४.४६ प्रतिशतले बढेर १ करोड ७५ लाख ३९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको ब्याज आम्दानी १ करोड ५३ लाख २३ हजार रूपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ९८ लाख ६८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १० लाख ४८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । कम्पनीको रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९० प्रतिशतले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ ।

संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ छ भने खराब कर्जा (एनपिएल) घटेर १.०६ प्रतिशतमा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३३ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ ।