९ मंसिर, २०८१ आइतबार

09:49:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिभिल बैंकद्धारा ६९ व्यवसायिक संस्थासँग सम्झौता

Nepal Business

२३ साउन, २०७९

सिभिल बैंकद्धारा ६९ व्यवसायिक संस्थासँग सम्झौता

काठमाण्डौं । सिभिल बैंकले ६९ व्यवसायिक संस्थासँग सम्झौता गरेको छ । यी सम्झौताहरुबाट बैंकका ग्राहकहरुले विशेष छुट पाउनेछन् ।

बैंकले होटल, रेष्टुरेन्ट, प्याथोलोजी, फर्निचर उत्पादक कम्पनी, ट्रेनिङ सेन्टर, मार्ट, अस्पताल, सैलुन लगायतसँग सम्झौता गरेर विशेष छुटको व्यवस्था गरेको हो ।  

बैंकका बिजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख भोलाबहादुर विष्टले ग्राहकलाई विशेष छुट दिन अरु व्यवसायिक संस्थासँग सम्झौता गरिने जानकारी दिनुभयो । 

बैंकका अनुसार सिभिल स्मार्ट मोबाइल बैंकिङ एप वा एटीएम प्रयोग गर्दा विशेष छुट पाइनेछ।