२० कार्तिक, २०८१ मंगलबार
01:33:18 PM
२३ साउन, २०७९
काठमाण्डौं । खल्ती डिजिटल वालेटले फेरी ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ । यसका साथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।
प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर “खल्ती मा वान प्लस १० प्रो” आईकन बाट रू. ५० को रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप ‘वान प्लस १० प्रो’ प्राप्त गर्नेछन् । साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन् ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, ‘धेरै प्रयोगकर्ताले मनपराउनु भएको अफर खल्ती मा वान प्लस १० प्रो लिएर हामी पुनः उपस्थित भएका छौं । यस अफर मार्फत् सरल तरिकाले हामीले धेरै प्रयोगकर्तालाई डिजिटल पेमेन्ट प्रति आकर्षित गर्न सफल भएका कारणले हामीले फेरी यो अफर सबै माझ ल्याएका हौं ।
अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य रहेको कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् ।
यो अफर श्रावण २२ देखि असोझ ६ , २०७९ सम्म लागु हुनेछ। “खल्ती मा वान प्लस १० प्रो” को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।