९ मंसिर, २०८१ आइतबार

09:48:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनिलिभर नेपालको नाफा ७४.१६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६२९ रुपैयाँ

२३ साउन, २०७९

युनिलिभर नेपालको नाफा ७४.१६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६२९ रुपैयाँ

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको नाफासँगै प्रमुख वित्तीय सूचकहरू बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

सेयरपुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो रिटेन्ड अर्निङमा २ अर्ब ५१ करोड रुपैयाँ थियो।  

कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ६ सय २९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९ सय ४२ रूपैयाँ रहेको छ ।