९ मंसिर, २०८१ आइतबार

09:27:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आज

२३ साउन, २०७९

७ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (साउन २३ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोलि (साउन २४ गते, मंगलबार) बिक्री हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।