८ बैशाख, २०८१ शनिबार

02:26:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महोत्तरी उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व

Nepal Business

२२ साउन, २०७९

विजयी चौधरीले १२० मत प्राप्त गर्नुभएकामा प्रतिद्वन्द्वी प्रसादले ११४ मत प्राप्त गर्नुभयो । दुईसय ४७ मतदाता रहेको सो निर्वाचनमा २४३ मत खसेको थियो । तीन मत बदर भएको उहाँले जानकारी दिनुभयो ।

महोत्तरी उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व

महोत्तरी, 
महोत्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीतेन्द्र चौधरी विजयी हुनुभएको छ । 

गएराति सम्पन्न सङ्घको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई छ मतले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन अधिकृत सुरेशलाल कर्णले बताउनुभयो । 

गएराति सम्पन्न सङ्घको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई छ मतले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन अधिकृत सुरेशलाल कर्णले बताउनुभयो । 

विजयी चौधरीले १२० मत प्राप्त गर्नुभएकामा प्रतिद्वन्द्वी प्रसादले ११४ मत प्राप्त गर्नुभयो । दुईसय ४७ मतदाता रहेको सो निर्वाचनमा २४३ मत खसेको थियो । तीन मत बदर भएको उहाँले जानकारी दिनुभयो  ।

उक्त निर्वाचनमा सङ्घको प्रथम उपाध्यक्षमा पवनकुमार साह, द्वितीय उपाध्यक्षमा अजयकुमार साह, महासचिवमा अमरनाथप्रसाद गुप्ता, कोषाध्यक्षमा रविशङ्करप्रसाद, सचिवमा विजयकुमार साह निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यमा सञ्जयकुमार पञ्जीयार, जगदीश महतो, नितेशकुमार साह, रामकुमार साह हलुवाइ, सूर्यप्रकाश साह, राकेशकुमार नायक, राजेशकुमार गुप्ता र महिला सदस्यमा शोभादेवी विजयी हुनुभएको निर्वाचन अधिकृत कर्णले बताउनुभयो ।