९ मंसिर, २०८१ आइतबार

09:16:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

२२ साउन, २०७९

अभियान लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ अन्तिम दिनसम्म २ अर्ब ३१ करोड बढीको आवेदन परेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (साउन २२ गते, आइतबार) अन्तिम दिनसम्म २ अर्ब ३१ करोड १६ लाख १९ हजार रूपैयाँ बराबरको परेको हो ।

सिडिएसका अनुसार कम्पनीको आईपीओमा आइतबार बेलुका ५ बजेसम्म २० लाख ४३ हजार २० जना लगानीकर्ताबाट २ करोड ३१ लाख १६ हजार १ सय ९० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीकोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।