९ मंसिर, २०८१ आइतबार
09:23:09 AM
२२ साउन, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रा. लि. को इजाजतपत्र रद्द गर्ने भएको छ । राष्ट्र बैंकमा सो कम्पनीले इजाजतपत्र रद्द गरिपाउँ भनी निवेदन दिएपछि राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकबाट विप्रेषणसम्बन्धी कारोबार गर्न इजाजत प्राप्त यस रेमिट प्रा. लिले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ÷संस्थासँग लेनदेन रकम बाँकी रहेको भए सो को जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।
लेनदेन बाँकि भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले अनुरोध गरेको हो ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिट प्रा. लिको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ।