९ मंसिर, २०८१ आइतबार

09:50:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वरोजगार लघुवित्तको नाफा ३१ प्रतिशतले बढ्यो , प्रतिसेयर आम्दानी कति ?

२२ साउन, २०७९

स्वरोजगार लघुवित्तको नाफा ३१ प्रतिशतले बढ्यो , प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले २० करोड २६ लाख २९ हजार खुद नाफाकमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.३० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १५ करोड ४३ लाख २१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ८६.३७ प्रतिशतले बढेर २५ करोड ७२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १३ करोड ८० लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीको खुद व्याज आम्दानी २५.७२ प्रतिशतले बढेर ४२ करोड ७७ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३४ करोड २ लाख २२ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ६० लाख १० हजार रुपैयाँ रहेको छ ।  संस्थाको खराब कर्जा (एनपिएल) घटेर २.३७ प्रतिशतमा पुगेको छ ।  अघिल्लो वर्ष एनपीएल २.६३ प्रतिशत थियो।  

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५८ पैसा रहेको छ ।