९ मंसिर, २०८१ आइतबार

09:36:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौमा पनि बैंकहरूको ब्याजदर नबढाउने सहमति

२२ साउन, २०७९

भदौमा पनि बैंकहरूको ब्याजदर नबढाउने सहमति

काठमाडौं । भदौ महिनामा पनि बैंकहरूको ब्याजदर नबढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा ब्याजदर नबढाउने सहमति भएको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने अपेक्षा गरिरहेका बेला बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ ।

यसअघि चैत्र, वैशाख, जेठ, असार र साउन महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

यो वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा २ प्रतिशत विन्दुले कम ब्याज दिन निर्देशन दिएको छ ।