२३ बैशाख, २०८१ आइतबार

10:14:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनाङमा थपिए ४९ नयाँ उद्योग

२२ साउन, २०७९

मनाङमा थपिए ४९ नयाँ उद्योग

मनाङ । हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८।७९ मा मनाङमा ४९ नयाँ उद्योग थपिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलका अनुसार एक वर्षको अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएका छन् । जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको उहाँले बताउनुभयो ।

हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएका छन् । सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएका छन् । जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको पौडेलले जानकारी दिनुभयो ।  

वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ ।

आर्थिक वर्ष २०७८।७९ मा जिल्लामा उद्योगतर्फ कूल ४ सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७।७८ मा उद्योगतर्फ कूल ४ सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए ।

घरेलु कार्यालयले आर्थिक वर्ष २०७८।७९ मा उद्योगतर्फ रु ३ लाख ८ हजार १ सय ५० राजश्व सङ्कलन गरेको छ । त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ रु १९ हजार ८ सय २५ राजश्व सङ्कलन गरेको छ । अन्यबाट रु २ हजार ८ सय २० गरी कूल ३ लाख ३० हजार ७ सय ९५ राजश्व सङ्कलन भएको प्रमुख पौडेलले बताउनुभयो ।