९ मंसिर, २०८१ आइतबार

10:22:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विकास बैंकहरुको नाफा २५.९४ प्रतिशतले बढ्यो, कुनको कति ?

Nepal Business

२२ साउन, २०७९

विकास बैंकहरुको नाफा २५.९४ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् उक्त विवरण अनुसार एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुको नाफा बढि देखिएको छ । 

विकास बैकहरुको नाफा गत आर्थिक वर्षमा २५.९४ प्रतिशतले बढेको छ । सोही अवधिमा वाणिज्य बैंककहरुको नाफा २३.१४ प्रतिशत भएको छ । 

गत आर्थिक वर्षमा विकास बैंकहरुले ६ अर्ब ६२ करोड ७८ रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुले ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका थिए । 

गत आर्थिक वर्षमा देखिएको लगानीयोग्य रकम (तरलता अभाव), बढ्दो ब्याजदर, ब्याजदर बढ्दा वाणिज्य बैंकसँगै ब्याजदरमा गरेका विकास बैंकहरुको नाफामा भने उल्लेख्य सुधार देखिएको छ ।

गरिमा विकास बैंक 

गरिमा विकास बैंक अर्बपति क्लबमा थपिएको छ । गरिमा विकास बैंकले गत आवमा १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ थियो ।

मुक्तिनाथ विकास बैंक 

अघिल्लो आवको तुलनामा गत आवमा मुक्तिनाथ विकास बैंकको नाफा १८.४६ प्रतिशतले बढेर १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आवमा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले नाफा ४४.२० प्रतिशतले बढेको छ । बैंकले गत आवमा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा ६६ करोड ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ज्योती विकास बैंक

गत आर्थिक वर्षमा ज्योती विकास बैंकको नाफामा केहि सुधार आएको छ । अघिल्लो आवमा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा ५.६६ प्रतिशतले नाफा बढाएर ७० करोड १५ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।

लुम्बिनी विकास बैंक 

लुम्बिनी विकास बैंकको नाफा पनि ५५.६८ प्रतिशतले बढेर ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको बैंकको नाफा ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ थियो ।

साइन रेसुङगा विकास बैंक

साइन रेसुङगा विकास बैंकको नाफा २८.१० प्रतिशतले बढेको छ । नाफा बढेर ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आवमा ५० करोड ३७ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कामना सेवा विकास बैंक

गत आर्थिक वर्षमा कामना सेवा विकास बैंकको नाफा ५.४८ प्रतिशतले बढाएको छ । बैंकले नाफा बढाएर ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । बैंकको नाफा अघिल्लो आवमा ५९ करोड ८१ लाख ७५ हजार रुपैयाँ थियो ।

सांग्रिला विकास बैंक

सबैभन्दा कम नाफा नाफा सांग्रिला विकास बैंकको रहेको छ । गत आर्थिक वर्षमा बैंकले ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ नाफा गरेको छ । गत आवमा बैंकले ४५.२९ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा बैंकको नाफा ४१ करोड ८० हजार रुपैयाँ थियो ।