२३ बैशाख, २०८१ आइतबार

08:05:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माक्र्सवादी शिक्षामा अब्बल बन्दै ‘ज्ञान केन्द्र’, माघ ५ बाट १३औँ कक्षा

Nepal Business

१ माघ, २०७८

माक्र्सवादी शिक्षामा अब्बल बन्दै ‘ज्ञान केन्द्र’, माघ ५ बाट १३औँ कक्षा

१ माघ, काठमाडौँ । नेपाली समाजको अग्रगामी रूपान्तरणको अभियानमा लागेको ‘माक्र्सवादी ज्ञान केन्द्र’ छोटो समयमै माक्र्सवादी शिक्षा प्रदान गर्नमा अब्बल बन्दै गएको छ ।

कम्युनिष्ट, वामपन्थी एवं प्रगतिशील शक्ति र व्यक्तिको ज्ञानको साझा पाठशालाका रूपमा स्थापित ज्ञानकेन्द्रले विभिन्न योजनाका साथमा माक्र्सवादी शिक्षा प्रशिक्षण र प्रवद्र्धनमा लागेको हो ।

कम्युनिष्ट एवं वामपन्थी शक्तिको वैज्ञानिक क्षमताको अभिवृद्धि, अध्ययन संस्कृतिको विकास, विकसित परिदृश्यको अध्ययन–अनुसन्धानमार्फत नयाँ संश्लेषणका लागि उत्प्रेरणा जागृत गर्न डेढ वर्षअघि स्थापना भएको ज्ञान केन्द्र गएको फागुनदेखि औपचारिकरूपमा दर्ता भएर सञ्चालनमा रहेको यसका अध्यक्ष मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

माक्र्सवादी विज्ञानको अध्ययन, अध्यापन, समसामयिक विषयमाथि अनुसन्धान, सन्दर्भ स्रोतको व्यवस्थापन, कक्षाका लागि प्रशिक्षकको उत्पादन, प्रकाशन एवं माक्र्सवादी शिक्षासँग सम्बन्धित काम व्यवस्थित गरी अध्ययन संस्कृतिमार्फत कम्युनिष्ट आन्दोलनमा विचारधारात्मक योगदान पु¥याउने यसको उद्देश्य रहेको छ 

माक्र्सवादी विज्ञानको अध्ययन, अध्यापन, समसामयिक विषयमाथि अनुसन्धान, सन्दर्भ स्रोतको व्यवस्थापन, कक्षाका लागि प्रशिक्षकको उत्पादन, प्रकाशन एवं माक्र्सवादी शिक्षासँग सम्बन्धित काम व्यवस्थित गरी अध्ययन संस्कृतिमार्फत कम्युनिष्ट आन्दोलनमा विचारधारात्मक योगदान पु¥याउने यसको उद्देश्य रहेको उहाँले बताउनुभयो । 

विगत डेढ वर्षको अवधिमा यस संस्थाले करिब १० हजारलाई माक्र्सवादीमा शिक्षा प्रदान गरी प्रमाणपत्र दिनुका साथै पाठ्यक्रम निर्माण, नीतिगत व्यवस्थापन, प्रादेशिक र विभागीय संरचनामार्फत कामको संयोजन गरेको छ । यसका साथै ई–लाइब्रेरी सञ्चालनको अन्तिम गृहकार्य भइरहेको, विभिन्न पुस्तक र महत्वपूर्ण सामग्रीको अनुवाद एवं प्रकाशन, सामयिक विषयमा छलफल, प्रोत्साहन एवं पुरस्कारको व्यवस्था, माक्र्सवादको क्षेत्रमा काम गर्ने स्रष्टाको खोजी एवं उत्प्रेरणाका साथै विभिन्न जिल्लामा भौतिकरूपमा उपस्थित भएर स्कुल सञ्चालन भइरहेको छ  ।

हाल ज्ञान केन्द्रको प्रकाशन एवं सहजीकरणमा समाजवादी क्रान्तिको कार्यदिशा, क्वान्टम सिद्धान्त, माओको अन्तिम महालडाइँ, कम्युनिष्ट कसरी बन्न सकिन्छ लगायतका पुस्तक बजारमा आइसकेको केन्द्रका महासचिव इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

डिजिटल पुस्तकहरू सङ्कलन गरी ई–लाइब्रेरीमा प्रकाशित गर्ने तयारी गरिएको र त्यसका लागि डिजिटल पोर्टल निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । आजको विश्वका ज्वलन्त १४ मुद्दामा केन्द्रित रहेर अनुसन्धानको काम अगाडि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

माक्र्सवादी एवं विश्वप्रसिद्ध चार दर्जन पुस्तकको सारांश एवं माक्र्सवादी दृष्टिकोण समेटिएको पुस्तक प्रकाशन, अनुसन्धानबाट प्राप्त रिपोर्टहरू एकीकृत गरी त्यसलाई पुस्तकका रूपमा प्रकाशन, प्रश्नपत्र सङ्गालोको प्रकाशनको काम पनि भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले नेपालमा माक्र्सवादी कलेज सञ्चालनको सम्भाव्यता, चुनौती र अवसर, त्यसको कानुनी प्रक्रिया, पाठ्यक्रम, सम्बन्धन, प्राज्ञिक समकक्षतालगायतका विषयमा केन्द्रित रहेर आफ्नो अध्ययन र गृहकार्यको काम पनि अघि बढाएको जनाइएको छ । 

माघ ५ देखि १३औँ चरणको कक्षा

केन्द्रले यही माघ ५ देखि १३ गतेसम्म १३औँ चरणको माक्र्सवादी अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्न लागिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । कक्षामा एक हजारलाई सहभागी गराउने लक्ष्य छ । कक्षाको नेपालका मूलधारका कम्युनिष्ट पार्टीका शीर्षनेताको सहभागिता रहने छ । 

केन्द्रको १३औँ चरणको कक्षाले नेपालमा समाजवादको आधार, तयारी, मोडेल र समाजवादी क्रान्तिको प्रक्रिया, चुनौती र अवसरहरूबारे दीक्षित हुन एवं त्यसका लागि आवश्यक तयारी गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ । रासस