९ मंसिर, २०८१ आइतबार
10:16:43 AM
२२ साउन, २०७९
काठमाडौं । सिटिजन्स बैंकले ‘१० गुणासम्म प्रतिफल’ दिने योजना ल्याएको छ । बैंकले निक्षेपमा ‘१० गुणासम्म प्रतिफल’ दिने योजना ल्याएको हो ।
बैंकले ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’खाता सञ्चालनम ल्याएको छ ।
सिटिजन्स चिरायु मुद्दती योजना योजना अन्तर्गत ग्राहकले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
रेमिटेन्स चिरायु मुद्दती अन्तर्गत ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
यस मुद्दती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम ५० हजार मौज्दातमा खोल्न पाइने छ । मुद्दती योजनाको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभमा सार्वजनिक गर्नुभयो ।