९ मंसिर, २०८१ आइतबार
10:16:09 AM
२२ साउन, २०७९
काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चौथो त्रैमाससम्म खुद नाफा २१.७८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँमा सिमित रहेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब २८ करोड ८६ लाख २९ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २५.८३ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड ६० लख ४२ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ । जगेडा कोष ३६.१२ प्रतिशतले बढेर ५ अर्ब १ करोड १५ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको निक्षेप संकलन १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब ४८ करोड २२ लाख ७७ हजार रुपैयाँ, कर्जा ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ७८ करोड १३ लाख ४६ हजार रुपैयाँ र खराब कर्जा अनुपात ०.७४ प्रतिशत रहेको छ ।
असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ८९.०५ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ ।