१६ कार्तिक, २०८१ शुक्रबार

07:22:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ॠणपत्र निष्कासन गर्न लुम्बिनी विकास बैंकले बोर्डमा दियो निवेदन

२० साउन, २०७९

ॠणपत्र निष्कासन गर्न लुम्बिनी विकास बैंकले बोर्डमा दियो निवेदन

काडमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । बैंकले “एलबीबीएल बैंक डिबेञ्चर २०८९” को नाममा वार्षिक ११ प्रतिशत व्याजदर भएको १० वर्ष अवधिको ॠणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १००० मूल्य अंकित दरको १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ॠणपत्र निष्कासन गर्न असार ३० गते धिताृपत्र बोर्डमा निवेदन दिएको हो । निष्काशन गनेृ कुल कित्तामध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंकको ॠणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।