९ मंसिर, २०८१ आइतबार

10:30:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले निक्षेप सुरक्षणको सीमा तीन लाखबाट पाँच लाख पुर्यायो

Nepal Business

२० साउन, २०७९

सरकारले निक्षेप सुरक्षणको सीमा तीन लाखबाट पाँच लाख पुर्यायो

काठमाण्डौं । सरकारले निक्षेप सुरक्षणको सीमा तीन लाखबाट बृद्धि गरि पाँच लाख पुराउने निर्णय गरेको छ । 

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जापान सरकारका प्राप्त हुने करिव १४ अर्व ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको जानकारी दिनुभयो । 

बैठकले मध्य भोटेकोशी प्रसारण लाईन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने निर्णय गरेको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको कार्कीले जानकारी दिनुभयो ।