९ मंसिर, २०८१ आइतबार

10:06:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको आईपीओ पर्ने सम्भावना न्यून, हालसम्म कति पर्यो आवेदन ?

२० साउन, २०७९

अभियान लघुवित्तको आईपीओ पर्ने सम्भावना न्यून, हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारमा निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दोस्रो दिनमा नै मागभन्दा धेरै गुणा आवेदन परेको छ ।

यो कम्पनीको आईपीओ पर्न पनि भाग्यमा नै भर पर्नु भर्ने देखिन्छ । पछिल्लो समय आइृपीओको संख्या थोरै तर माग धेरै गरीने हुनाले पनि १० कित्ता सेयर पर्र्ने भाग्यमानी सावित भएका छन् ।


सिडिएसका अनुसार कम्पनीको आईपीओमा शुक्रबार दिउँसो १ः३० बजेसम्म १४ लाख ३० हजार ४ सय ६ जना लगानीकर्ताहरूले १ करोड ६३ लाख ६६ हजार ६ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।