९ मंसिर, २०८१ आइतबार

10:17:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२० साउन, २०७९

ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि निवेदन नभएको हुनाले अब उक्ते सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले २६ साउनभित्र आवश्यक कागजपत्र संकलन गरी एनआईसी एसिया क्यापिटल काठमाडौंमा निवेदन दिन सक्नेछन् ।