९ मंसिर, २०८१ आइतबार
10:19:30 AM
२० साउन, २०७९
काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । नेपाल बैंकर्स एसोसिएन (एनबीए) को शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको ब्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
अहिलेलाई ब्याजदर नबढाउने सहमति भएको छ तर भदौ महिनाको ब्याजदरका बिषयमा भने अहिले कुनै निर्णय नभएको एनबीएका अध्यक्ष अनिलकुमार उपाध्यायले बताउनुभयो । उहाँले बैठकमा अहिले चालु महिनामा बैंकको ब्याजदर नबढाउने सहमति भएको छ तर भदौ महिनाका लागि के गर्ने भन्ने बिषयमा अहिले कुनै निर्णय भइनसकेको जनाउनुभएको छ ।