९ मंसिर, २०८१ आइतबार

09:45:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा आईसिएफसि फाइनान्सको खुद नाफा २०.२१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

Nepal Business

२० साउन, २०७९

एक वर्षमा आईसिएफसि फाइनान्सको खुद नाफा २०.२१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षमा आईसिएफसि फाइनान्स लिमिटेडले खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २०.२१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा गत आर्थिक वर्षमा २५ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्षमा २० करोड ६ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

यस्तै एक वर्षको अवधिमा कम्पनीको सञ्चालन नाफा २७ करोड ४८ लाख रुपैयाँ भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

यसैगरी १०.०४ प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापूँजी १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ पु¥याएको कम्पनीको रिटेन्ड अर्निग ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको जगेडा कोष रकम ४९ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीको वित्तीय तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा २३.५५ प्रतिशत बढी १७ अर्ब ७१ करोड ९९ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७.८० र प्रतिसेयर नेटवर्थ १५४.६४ रुपैयाँ रहेको छ ।

कम्पनीले १४ अर्ब ३० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १.१८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ०.५४ प्रतिशत कायम भएको छ ।