९ मंसिर, २०८१ आइतबार

09:15:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एक वर्षमा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमायो

Nepal Business

२० साउन, २०७९

बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशतले बढेको

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एक वर्षमा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमायो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले २८.१० प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी २०.८७ प्रतिशत र सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेको छ ।

हाल बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशतले बढेको छ ।