९ मंसिर, २०८१ आइतबार
09:46:02 AM
२० साउन, २०७९
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २६.३५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ३१.६७ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ८ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ९८ करोड २८ लाख रूपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्ममा बैंकको सञ्चालन मुनाफा २५.६८ प्रतिशतले बढेर १ अर्ब ४९ करोड २१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब १८ करोड ७२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख ९० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ७५ पैसाबाट बढेर २३ रूपैयाँ ७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।