९ मंसिर, २०८१ आइतबार

09:10:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३७.३८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२० साउन, २०७९

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३७.३८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा बढेको छ। समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चौथो त्रैमाससम्म बैंकको खुद व्याज आम्दानी १७.२९ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड ९२ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब २४ करोड ३९ लाख रूपैयाँ रहेको थियो ।

यो अवधिसम्म  बैंकको सञ्चालन मुनाफा ३७.६७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ८४ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ अर्ब ९ करोड ८१ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा ३२.९५ प्रतिशतले कम हो ।

बैंकको रिजर्भको आकार ३.१६ प्रतिशतले बढेर १५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भको आकार १५ अर्ब ३ करोड रुपैयाँ थियो।

बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ र जगेडा कोषमा १८ अर्ब ५४ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) ३७ रुपैयाँ २७ पैसाबाट घटेर ३४ रूपैयाँ ९० पैसामा पुगेको छ ।