६ जेठ, २०८१ आइतबार

06:20:50 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्रोत नखुलेको ४९ लाखसहित धावा पक्राउ, उनको साथबाट ३२ लाख, कोठाबाट १७ लाख बरामद

Nepal Business

१९ साउन, २०७९

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

स्रोत नखुलेको ४९ लाखसहित धावा पक्राउ, उनको साथबाट ३२ लाख, कोठाबाट १७ लाख बरामद

काठमाडौँ,

स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले विहिबार एक सूचना जारी गरी जनाएको छ । 

उनको साथबाट स्रोत नखुलेको (ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको) रु ३२ लाख बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीसँग थप सोधपुछ गर्दा कोठामा थप रकम राखेको भन्ने खुल्न आएपछि बुधबार राति कोठाबाट थप रु १७ लाख ५० हजार फेला परेको जनाइएको छ । 