९ मंसिर, २०८१ आइतबार
09:49:06 AM
१९ साउन, २०७९
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहँदा कुल निक्षेप १ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १ अर्बले बढेर ५० खर्ब ४३ अर्ब पुगेको छ । साउन १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५० खर्ब ४२ अर्ब रहेको थियो । यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप भने ४४ खर्ब ४१ अर्ब रूपैयाँमा स्थिर रहेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्बले घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४६ खर्ब ८५ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेसियो साउन १६ गते ८७.८७ प्रतिशत रहेकोमा साउन १७ गतेसम्ममा घटेर ८७.८३ प्रतिशतमा पुगेको छ।