९ मंसिर, २०८१ आइतबार

09:56:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभियान लघुवित्तको आइपीओ कति गर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

१९ साउन, २०७९

अभियान लघुवित्तको आइपीओ कति गर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा ९४ करोड २१ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । लघुवित्त कम्पनीले हिजो (साउन १८ गते बुधबार) देखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गरेको छ ।

सीडीएसका अनुसार आज (बिहीबार) बिहान १० बजेसम्ममा लघुवित्तको आईपीओमा ८ लाख ९ हजार ५०४ जना आवेदकबाट ९४ लाख २१ हजार २१० कित्ताका लागि आवेदन परेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि छिटोमा साउन २२ गते र ढीलोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले नेपालले कम्पनीको आईपीओलाई'इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।