९ मंसिर, २०८१ आइतबार

09:21:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कुन -कुन परे ?

१९ साउन, २०७९

२ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कुन -कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । २ वाणिज्य बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेकोले कारबाही गरीएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलाई नगद जरिवाना गरेको छ । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो ।